१८ माघ, २०८१ शुक्रबार

09:45:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ललितपुर महानगरपालिकाले मापदण्डविपरीतका संरचना हटाउन जारी गर्यो ३५ दिने सूचना

Nepal Business

५ असोज, २०७९

ललितपुर महानगरपालिकाले मापदण्डविपरीतका संरचना हटाउन जारी गर्यो ३५ दिने सूचना

काठमाण्डौं । ललितपुर महानगरपालिकाले मापदण्डविपरीतका संरचना हटाउने भएको छ । बुधबार सूचना जारी गर्दै महानगरले मापदण्डविपरीतका संरचना हटाउने ३५ दिने सूचना जारी गरेको हो । 

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढी लगायतका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्यन नगरेरनगराएमा महानगरपालिका कार्यालले त्यस किसिमका संरचनाहरु हटाउने सूचनामा जनाइएको छ ।