२२ माघ, २०८१ मंगलबार
09:46:39 AM
११ माघ, २०७८
काठमाण्डौं
ट्रान्परेन्सी इन्टरनेशनलको सार्वजनिक प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको छ ।
भ्रष्टाचार न्यूनिकरणको काम गर्दै आएको ट्रान्परेन्सी इन्टरनेशनलले मङ्गलबार सार्वजनिक गरेको विवरणमा नेपालमा गत वर्ष झैँ भ्रष्टाचार रहेको देखाएको हो ।
सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल साविक कै ११७औँ स्थानमा रहेको देखाइएको छ । विभिन्न संघसंस्थाको आँकडाको आधारमा गरेको मुल्याङ्कनमा नेपालल १०० मा ३३ अंक प्राप्त गरेकोे छ ।
उक्त तथ्यले नेपाल बढी भ्रष्टाचार हुने मुलुकमा कायमै रहेको देखिन्छ । यसले गएको एक वर्षमा मुलुकमा भ्रष्टाचार नियन्त्रण प्रभावकारी नभएको भनेर बुझन् सकिने विज्ञहरुले बताएका छन् । सार्वजनिक विवरण अनुसार भुटान ६८ अंक स्थान प्राप्त गरी २५औँ स्थानमा रहेको छ । यस्तै माल्दिभ्स र भारत समान ८५÷८५ औँ स्थानमा छ ।
श्रीलंका १०२, पाकिस्तान १४० र बंगलादेश १४७ औँ स्थानमा छ । दक्षिण एसियाली मुलुक अफगानिस्तान सबैभन्दा तल १७४ औँ स्थानमा छ । चीन भने ६६ औँ स्थानमा रहेको जनाइएको छ ।