१५ चैत, २०८० बिहिबार

08:13:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कांग्रेसबाट समानुपातिक उम्मेदवारमा आरजु राणा

३ असोज, २०७९

कांग्रेसबाट समानुपातिक उम्मेदवारमा आरजु राणा

काठमाडौं ।  नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणालाई प्रतिनिधिसभामा समानुपातिकबाट उम्मेदवार बनाउने भएको छ । सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस गरिएको जनाइएको छ ।

आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस हुनु भएको थियो । तर, कांग्रेसले अन्तिम समयमा आएर उहाँको नाम समानुपातिकमा समावेश गरेको छ ।

२०७४ को आम चुनावमा आरजुले कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लड्नुभएको थियो ।  तर नेकपा एमालेका नारदमुनी रानासँग पराजित हुनुभयो  । विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, जीवन परियारलगायतलाई समानुपातिकमा रहेका छन् ।