१८ माघ, २०८१ शुक्रबार
10:40:52 AM
३ असोज, २०७९
काठमाण्डौं । सरकारले संविधान दिवसको अवसरमा विभुषित गर्नेहरुको सूची सार्वजनिक गरेको छ । विभुषित हुनेमा ९ सय ९८ जना रहेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो संख्याका व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको हो ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयमार्फत सोमबार सार्वजनिक भएको छ । स्व.पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई नेपाल रत्न पुरस्कारबाट विभूषित गरिएको छ भने जीवराज आश्रित, खिलराज रेग्मी, सत्यमोहन जोशीलाई राष्ट्रिय गौरवबाट विभूषित गरिएको छ ।
यस्तै संस्कृतिमान जगमान गुरुङ सुप्रशिद्ध प्रवल जनसेवा श्री प्रदान गरिएको छ । निर्वाचन आयुक्तहरु इश्वरी प्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर राणालाई प्रशिद्ध प्रवल जनसेवा श्री प्रदान गरिएको छ भने सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानसहित १४ जना प्रसिद्ध प्रवल जनसेवा श्रीबाट विभूषित भएका छन् ।
यस्तै बैंक तथा उद्योगीहरुलाई पनि विभूषित गरिनेछ । जसमा चन्द्रप्रसाद ढकाल, पशुपति मुरारका लगायतका व्यक्तिहरु रहेका छन् ।