१८ माघ, २०८१ शुक्रबार
10:22:25 AM
२ असोज, २०७९
भजनीकै पर्शुराम चौधरीले तीन दिनदेखि भोकै प्यासै बस्नुपरेको बताउँदै अहिलेसम्म कतैबाट पनि सहयोग नपाएको गुनासो गर्नुभयो । “जसोतसो ज्यान जोगियो ।
भजनी
कैलालीको भजनी नगरपालिका– ८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन् ।
वडाका एक सय परिवारको आश्रयस्थल त्यही विद्यालय बनेको छ । घर डुवानमा परेपछि ज्यान जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण भएका स्थानीयलाई खाना र पानीको निकै समस्या भएको छ ।
वडाका एक सय परिवारको आश्रयस्थल त्यही विद्यालय बनेको छ । घर डुवानमा परेपछि ज्यान जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण भएका स्थानीयलाई खाना र पानीको निकै समस्या भएको छ ।
“ज्यान जोगाएर सुरक्षित स्थानमा बसेका छौँ । ज्यान सुरक्षित छ । पानी र खानाको निकै समस्या भयो”, रुपाले भन्नुभयो, “खाना नभए पनि पानीविना निकै कष्ट भोग्नुपरेको छ । हाते पम्प डुबानमा छन् । जताततै डुबानमात्रै देखिन्छ । पानीको जोहो कतैबाट भए राहत हुने थियो ।” सो क्षेत्रमा डुबान विस्तारै कम हुँदै गए पनि स्थानीयलाई घर फर्कन अझै एक हप्ता लाग्ने उहाँले बताउनुभयो ।
भजनीकै पर्शुराम चौधरीले तीन दिनदेखि भोकै प्यासै बस्नुपरेको बताउँदै अहिलेसम्म कतैबाट पनि सहयोग नपाएको गुनासो गर्नुभयो । “जसोतसो ज्यान जोगियो ।
अहिले खुला आकाश मुनि बस्नुपरेको छ”, पर्शुरामले भन्नुभयो, “आफूसँग त्रिपाल पनि छैन । मागौँ भने सबैलाई आफ्नै समस्या छ । सरकारले त्रिपाल र पानी दिए पनि हामीलाई ठूलो राहत हुने थियो ।” उहाँले सडक आसपास बसेकालाई सहज भए पनि गाउँका बीचमा आश्रय लिएर बसेकाको जनजीवन निकै कष्टकर रहेको बताउनुभयो ।
गाउँको बीचमा आश्रय लिएर बसेका विस्थापितलाई राहत तथा पानी पु¥याउनसमेत निकै समस्या भएको छ । पैदल जानसक्ने अवस्था छैन ।
डुङ्गाको साहारामा विस्थापित परिवारलाई राहत पु¥याउन आवश्यक स्रोतको अभाव भएको स्थानीय जयप्रसाद ढुङ्गानाले बताउनुभयो । “हुलाकी सडकमा बसेका स्थानीयलाई नगरपालिकाले एकपटक पानी र चाउचाउ वितरण गरेको थियो ।
गाउँभित्र बसेकाले त्यो पनि पाएका छैनन्”, ढुङ्गानाले भन्नुभयो, “पैदल वा सवारीसाधन लिएर जान सकिने अवस्था छैन । जानका लागि डुङ्गा चाहियो । सहजै डुङ्गा उपलब्ध हुने अवस्था छैन ।”