१५ असोज, २०७९ शनिबार

05:43:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्त्रिपरिषद् निर्णय : तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव पराजुली

Nepal Business

२ असोज, २०७९

सरकारका प्रवक्ता कार्कीले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र, २०७९ स्वीकृत गर्ने र संस्था सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् निर्णय : तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव पराजुली

काठमाडौँ,
सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको छ .

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ ३१ गते मन्त्रिपरिषद्ले गरेका निर्णयबारे आज जानकारी गराउँदै विद्युत्सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृत दिने निर्णय गरिएको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ ३१ गते मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी गराउँदै विद्युत्सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृत दिने निर्णय गरिएको बताउनुभयो ।

सरकारका प्रवक्ता कार्कीले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र, २०७९ स्वीकृत गर्ने र संस्था सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको सङ्घीय संसद्मा पेश गर्न स्वीकृत प्रदान गर्नुका साथै २०७९ कात्तिक १ देखि ४ गतेसम्म नयाँदिल्लीमा आयोजना हुने इन्टरपोलको ९०औँ महासभामा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई सहभागी हुन स्वीकृति दिने पनि निर्णय गरेको छ । 

त्यसैगरी संयुक्त अधिराज्यका महारानी एलिजावेथ द्वितीयाको १९ सेप्टेम्बर २०२२ मा हुने राजकीय अन्त्येष्टिमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ । 

सरकारले राष्ट्रिय भूमि आयोगको सदस्यमा नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउँपालिका–२ का सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको र पोखरा महानगरपालिका–९ का सोमबहादुर नेपालीलाई कास्की जिल्लाको जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्त गरेको छ । 

प्रवक्ता कार्कीले कोहलपुर–सेर्खेत–दैलेख १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्रा प्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय गरिएको जानकारी दिनुभयो ।