१६ चैत, २०८० शुक्रबार

12:44:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पोखरा सङ्ग्रहालयमा अवलोकनकर्ता बढे

Nepal Business

२ असोज, २०७९

अघिल्लो आवको श्रावण र भाद्र महिनामा एक हजार पाँच सय अवलोकन कर्ता प्रवेश गरेको उक्त सङ्ग्रहालयमा यसै आवको श्रावण र भाद्र महिनामा त्यो सङ्ख्या बढेर दुई हजार छ सय पुगेको तथ्याङ्क सङ्ग्रहालयका सूचना अधिकारी कविन्द्र पौडेलले दिनुभयो ।

पोखरा सङ्ग्रहालयमा अवलोकनकर्ता बढे

काठमाडौँ,

कुनै महिना एक जना पनि मूलद्वारबाट नछिरेको तथ्याङ्क छ, प्रदेश सङ्ग्रहालय पोखरासँग । कोरोना सङ्क्रमणकै कारण यो सङ्गहालयले त्यस्तो नियति भोग्नुपरेको हो । 

प्रदेश सङ्ग्रहालयले पछिल्ला महिनामा स्वदेशी तथा विदेशी अवलोकन कर्ताको चाप बढ्न थालेपछि सङ्ग्रहालयमा कार्यरत कर्मचारीको मुहारमा उज्यालो भरिन थालेको छ । 

प्रदेश सङ्ग्रहालयले पछिल्ला महिनामा स्वदेशी तथा विदेशी अवलोकन कर्ताको चाप बढ्न थालेपछि सङ्ग्रहालयमा कार्यरत कर्मचारीको मुहारमा उज्यालो भरिन थालेको छ । 

अघिल्लो आवको श्रावण र भाद्र महिनामा एक हजार पाँच सय अवलोकन कर्ता प्रवेश गरेको उक्त सङ्ग्रहालयमा यसै आवको श्रावण र भाद्र महिनामा त्यो सङ्ख्या बढेर दुई हजार छ सय पुगेको तथ्याङ्क सङ्ग्रहालयका सूचना अधिकारी कविन्द्र पौडेलले दिनुभयो । 

कोरोना सङ्क्रमणकै कारण सरकारले घोषणा गरेको लकडाउनमा कुनै महिना एक अवलोकन कर्ता पनि नछिरेको तथ्याङ्क सङ्ग्रहालयसँग छ । 

गत श्रावण र भाद्रमा सङ्ग्रहालय अवलोकनमा सबैभन्दा बढी विद्यार्थीको सङ्ख्या रहेको छ ।

यी दुई महिनामा नेपाली विद्यार्थी एक हजार तीन सय ९८, विद्यार्थीबाहेक नेपाली अवलोकन कर्ता आठ सय ३३, निःशुल्क प्रवेश दुई सय १०, सार्क मुलुकबाट एक सय ६० र अन्य विदेशी राष्ट्रबाट १२ जना संग्रहालय अवलोकनका लागि प्रवेश गरेको जानकारी सूचना अधिकारी पौडेलले दिनुभयो । 

सङ्ग्रहालयमा गण्डकी प्रदेशमा बसोबास गर्ने जातजातिलाई समेटेर चार सय प्रकारका सामग्री राखिएको जानकारी सङ्ग्रहालयकी प्रमुख करुणा राईले दिनुभयो । 

उहाँका अनुसार पछिल्ला दिनमा नेपाली अवलोकन कर्ता बढ्दै गएका छन् । सङ्ग्रहालय अवलोकनका लागि नेपाली विद्यार्थीसँग १० रुपैयाँ, नेपाली नागरिकसँग रु २५, सार्क मुलुकका अवलोकन कर्तासँग ५० र अन्य विदेशी राष्ट्रका नागरिकसँग एक सय लिने गरिएको छ ।