१६ चैत, २०८० शुक्रबार

08:06:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दिगो पर्यटन विकास आजको आवश्यकता हो

Nepal Business

२ असोज, २०७९

उहाँले अबको पर्यटन ‘नेचर, एडभेन्चर र कल्चर’ मा आधारित भएर पूर्वाधार विकास र गन्तव्य प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

दिगो पर्यटन विकास आजको आवश्यकता हो

काठमाडौँ,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्दै पर्यावरणमैत्री पर्यटनको विकास प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभएको छ । 

जलवायु परिर्वतनका कारण सेता हिमाल कालापत्थरमा परिणत हुन थालेको भन्दै मन्त्री श्रेष्ठले जलवायु परिवर्तन नियन्त्रण र पर्यावरणबारे सचेतना फैलाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

जलवायु परिर्वतनका कारण सेता हिमाल कालापत्थरमा परिणत हुन थालेको भन्दै मन्त्री श्रेष्ठले जलवायु परिवर्तन नियन्त्रण र पर्यावरणबारे सचेतना फैलाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

साथसाथै फाउन्डेशनले जलवायु परिर्वतनको जोखिम नियन्त्रण, प्रकृति र पर्यावरणमैत्री पर्यटन विकास विषयमा आइतबार आयोजना गरेको अन्तरक्रियामा मन्त्री श्रेष्ठले पर्यावरणमैत्री पर्यटन विकासका लागि नयाँ ढङ्गले योजना कार्यक्रम अघि बढाइने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अबको पर्यटन ‘नेचर, एडभेन्चर र कल्चर’ मा आधारित भएर पूर्वाधार विकास र गन्तव्य प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

“पर्यटनलाई नयाँ ढङ्गबाट अगाडि बढाउने सोचका साथ मन्त्रालयले योजना कार्यक्रम ल्याएका छाँै यसले दिगो पर्यटन विकास र पर्यावरण संरक्षणमा समेत टेवा पुग्ने विश्वास लिइएको छ”, पर्यटनमन्त्री श्रेष्ठले भन्नुभयो । 

विकसित मुलुकको औद्योगिकीकरणले विश्वतापमान वृद्धि भई नेपालजस्ता मुलुकलाई जलवायु परिवर्तनको जोखिम बढेको भन्दै जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्यावरणमा विश्वलाई सन्देश दिन महिलाहरुको अग्रसरतामा आयोजना हुन लागेको पदयात्राको प्रशंसा गर्नुभयो ।