१८ माघ, २०८१ शुक्रबार

10:22:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लिटरमै ५० रुपैयाँसम्म घट्यो खाने तेलको मूल्य

२ असोज, २०७९

लिटरमै ५० रुपैयाँसम्म घट्यो खाने तेलको मूल्य

काठमाडौं । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाएसँगै खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । एक महिनाको बिचमा खाने तेलको मूल्य ५० रूपैयाँसम्म घटेको छ ।

नेपाल खुद्रा व्यापार संघका अुनसार एक महिनाकोबीचमा खाने तेलको मूल्य लिटरमै ५० रुपैयाँले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको खुद्रा व्यापार संघले जनाएको छ ।

एक महिनाअघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा आइपुगेको छ । यस्तै, २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । त्यसैगरी, २९३ रुपैयाँ रहेको भटमासको तेलको मूल्य न्यूनतम २१८ रुपैयाँसम्म पुगेको छ ।