१८ माघ, २०८१ शुक्रबार
10:05:22 AM
२ असोज, २०७९
काठमाडौं । अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।
आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विज्ञ समूहले सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन प्रतिवेदन प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेका हुन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार विज्ञ समूह गठन भएको थियो । विज्ञ समूहले अध्ययन प्रतिवेदन तयार गरेको हो ।
सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार विज्ञ समूह गठन भएको थियो ।
नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेको छ ।
काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र पूर्व पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदीबीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र विमानस्थल निर्माणको लागि उपयुक्त रहेको छ ।
रुख कटानी तथा वातावरणीय क्षती न्यूनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखी एयरपोर्ट सिटीको अवधारणालाई पुरै त्याग्नुपर्ने सुझाव विज्ञ समुहले दिएको छ । निर्धारित समयमै विज्ञ समूहले अध्ययन गरी प्रतिवेदन बुझाएको छ ।