१६ चैत, २०८० शुक्रबार

04:32:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विराटनगरले सञ्चालनमा ल्यायो हटलाइन सेवा, फोनबाटै गुनासो सुन्ने अनि सम्बोधन गर्ने

Nepal Business

१ असोज, २०७९

हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर प्रमुख एवं उपप्रमुखसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछ ।

विराटनगरले सञ्चालनमा ल्यायो हटलाइन सेवा, फोनबाटै गुनासो सुन्ने अनि सम्बोधन गर्ने

विराटनगर,
विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो ।

“कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने यो सेवा चौबीसै घण्टा खुला रहनेछ”, उहाँले भन्नुभयो, “त्यस्ता गुनासा र समस्या प्राथमिकताका आधारमा समाधान गरिने छ ।” 

“कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने यो सेवा चौबीसै घण्टा खुला रहनेछ”, उहाँले भन्नुभयो, “त्यस्ता गुनासा र समस्या प्राथमिकताका आधारमा समाधान गरिने छ ।”

महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ । महानगरवासीले इमेल गरेरसमेत आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको प्रमुख कोइरालाको भनाइ छ ।

उहाँका अनुसार केही हप्ता पहिलादेखि नै हटलाइन सेवा परीक्षणका लागि सञ्चालनमा ल्याइएको थियो । असोज १ गतेदेखि भने औपचारिकरूपमा सञ्चालनमा ल्याइएको हो । हटलाइन व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिनुभयो ।

हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर प्रमुख एवं उपप्रमुखसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछ ।