७ जेठ, २०८१ सोमबार

11:13:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महासचिवका लागि आफै योग्य भएको वर्षमानको दावी

१० माघ, २०७८

महासचिवका लागि आफै योग्य भएको वर्षमानको दावी

काठमाण्डौ । 
लामो समय थाईल्याण्ड र चीनमा उपचार गराएर नेपाल फर्केका माओवादी केन्द्रका नेता वर्षमान पुनले आफु पार्टीको महासचिवका लागि योग्य भएको बताएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसंग कुरा गर्दै पुनले पार्टीमा महासचिवको लागि आफ्नो दाबेदारी रहने बताएका हुन्। चीनमा उपचार गरी सोमबार साँझ काठमाडौँ फर्किएका नेता पुनले विगतमा सचिव भएर आफुले काम गरिसकेकाले अब महासचिवका लागि स्वाभाविक दावी रहने बताए । 
‘‘विगतमा पनि सचिव भएर काम गरेको थिएँ। त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो,’ उनले भने। पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएकाले आन्तरिक एकता र समझदारीमा हुने निर्णय आफुले स्विकार्ने बताएका छन् । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  नेता पुनलाई नारायणकाजी श्रेष्ठ सहित नेता तथा कार्यकर्ताले स्वागत गरे। करिब चार महीनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी  पुन सोमबार नेपाल फर्किएका हुन्।