२२ माघ, २०८१ मंगलबार
08:43:10 AM
१० माघ, २०७८
काठमाण्डौं
चालु आर्थिक वर्षको ६ महिनामा मुलुकमा ९ खर्ब बढीको मालवस्तु आयात भएको भन्सार विभागले जनाएको छ । विभागले ६ महिनाको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गर्दै पुस मसान्तसम्म ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको मालबस्तु आयात भएको जनाएको हो । यो अवधिमा १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको मालवस्तु मुलक बाहिर निर्यात भएको छ ।
अहिले नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४६.६४ प्रतिशतले बढी हो । निर्यात कम भएपनि निर्यात बृद्धिदर भने ९५ प्रतिशतले बढेको छ । पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटाको ग्राफ तिब्रतर गतिमा बढेको छ । सरकारले व्यापार घाटा कम गर्न केही वस्तुहरुको आयतामा कडाइ गर्न सटही सिमा खुम्च्याइदिएको छ । तर पनि ब्यापारघाटा कम हुन सकेको छैन ।
शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवाले देशवासीका नाममा गरेको सम्बोधनमा नेपाललाई आर्थिक रुपमा सबल बनाउने, निर्यात जन्य वस्तुको उत्पादन गरी निर्यातलाई प्रोत्साहन गर्ने, कृषिजन्य उत्पादन बढाई यसको आयातलाई प्रतिस्थापन गर्ने, कोभिडबाट शिथिल बनेको अर्थतन्त्रलाई अगाडि बढाउन राहतका प्याकेज ल्याउने र रोजगारीमुलक उद्योगहरुको स्थापना र संरक्षण गर्ने जस्ता विषय समेटेपनि व्यापार घाटाको विषयले प्रवेश पाउन सकेन ।