२३ बैशाख, २०८१ आइतबार

02:08:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि सहकारी केन्द्रीय संघले छान्यो, लाखौं किसानबाट उत्कृष्ट राउटे किसान : गंगादेवी राउटे

Nepal Business

१० माघ, २०७८

कृषि सहकारी केन्द्रीय संघले छान्यो, लाखौं किसानबाट उत्कृष्ट राउटे किसान : गंगादेवी राउटे

काठमाण्डौ । 
राउटे धेरैले यो शब्द सुन्दा नै एउटा दृश्य मानसपटमा बनाउँछन् । अव्यवस्थित, जंगलमा बस्ने अहिलेको समाज भन्दा भिन्नै एउटा समुदाय । जसलाई एकीकृत गर्ने, पेशा व्यवसायमा लगाउने, बचत गर्न सिकाउने र आयआर्जनमा जोड्ने एउटा कल्पना जस्तै लाग्थ्यो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले प्रदान गर्दै आएको उत्कृष्ट कृषि पुरस्कार यस वर्ष राउटे मुदायबाट गंगादेवि राउटेले पाउनुभएको छ ।

तर अहिले शिर्ष साना किसान कृषि सहकारी संस्था लि.डडेल्धुरामा लोपउन्मुख जाति राउटे समुदायका ७२ जना संलग्न भएर सिपमुकल तथा व्यवसायिक काम गर्दै आएका छन् । संस्थाले राउटे समुदायलाई आवद्ध गरि उनिहरुको जीवनस्तर उकास्न विभिन्न सिपमुलक तथा व्यवसायमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । आफ्नै समाज, समुदाय र समुह बनाएर जंगलमा वस्ने राउटेलाई समेत समाहित गर्दै संस्थाले राउटे मुदायलाईलाई पनि व्यवसायिक बनाउन पहल गरेको छ  । 
यिनै घुमन्ते समुदायको व्यवसायलाई थप प्रोत्साहन गर्ने उद्धेश्यका साथ नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले प्रदान गर्दै आएको उत्कृष्ट कृषि पुरस्कार यस वर्ष राउटे मुदायबाट गंगादेवि राउटेले पाउनुभएको छ । देशभर रहेका लाखौं किसान मध्ये एक किसानका रुपमा मात्र नभई जीवनको रुपान्तरणलाई कृषिसंसंगै अगाडि बढाउनुभएकोमा गंगा मायालाई पुस्कृत गरिएको केन्द्रीय संघ ले जनाएको छ । 
गंगामायाले अहिले १२ वटा पाख्रा पाल्नुभएको छ । यसैगरी उहाँको १ लाख ८० हजार वार्षिक आम्दानी पनि गर्न थाल्नुभएको छ । खेति गर्ने र पशु पाल्ने चलन नभएको राउटे समुदायबाट सहकारीमा आवद्ध भई बाख्रा पालन व्यवसाय गर्नुभएकी गंगामायालाई काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्माले पुरस्कृत गर्नुभएको हो । पुरस्कार प्रदान गर्दै अर्थमन्त्री शर्माले पछाडि परेका र राज्यको मुल धारमा नआएका राउटे समुदायलाई व्यवसायि बनाउने कुरा चुनौतीपूर्ण रहेको बताउनुभयो । यस कार्यमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र साना किसान कृषि सहकारी संस्था शिर्षले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उँहाले राज्यले सबै नागरिकलाई समान व्यवहार गर्ने भन्दै सबैले आ–आफ्नो क्षेत्रबाट व्यवसायिक कर्म गरे देश आत्मनिर्भरताको बाटोमा अगाडि बढ्ने समेत बताउनुभयो ।