४ जेठ, २०८१ शुक्रबार

11:40:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिन सात व्यक्ति मृत...?

Nepal Business

९ माघ, २०७८

एकै दिन सात व्यक्ति मृत...?

काठमाडौं, ९ माघ ।  मुलुकका विभिन्न ठाउँमा मानिस मृत फेला परेका छन् ।  मोरङ, विराटनगर, ओखलढुङ्गा, काभ्रे, कास्की, पाँचथर र बैतडीमा मानिस मृत भेटिएका हुन् । 

मोरङको जहदा गाउँपालिका ३ जयरामपुरस्थित ससुराली घरमा बस्दै आएका ४० वर्षीय अशोक रिसिदेव कटहरी गाउँपालिका ३ स्थित नहरको पानीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

मोरङ, विराटनगर, ओखलढुङ्गा, काभ्रे, कास्की, पाँचथर र बैतडीमा मानिस मृत भेटिएका हुन् । 

विराटनगर महानगरपालिका १९ घर भएका अशोकको उक्त नहरको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो । ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका९ छाप्रे बस्ने ३१ वर्षीय गणेश विक घरबाट ३ किलोमिटर टाढा मोलुङखोलाको पानीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यहि माघ १ गतेदेखि हराएर बेपत्ता भएका उनको खोजी गर्नेक्रममा उक्त खोलामा शव फेला परेको हो ।
काभ्रे, धुलिखेल नगरपालिका ११ कल्छेबेशीस्थित रामप्रसाद हुमागाईको घरमा पेन्टिङको काम गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका ८ घर भएका २९ वर्षीय बसन्त कार्की सुतेकै ठाउँमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 
कास्की, पोखरा महानगरपालिका १७ मानव सेवा आश्रममा बस्ने मादी गाउँपालिका ९ मिजुरे डाँडा घर बताउने ६८ वर्षीया भुमाया परियार आफू सुत्ने ओछ्यानमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

पाँचथर, फिदिम नगरपालिका १ कात्तिके बस्ने ५० वर्षीय लाइन बहादुर राई सोही नगरपालिका नाम्दुखोलास्थित बाटोबाट करिब २ सय मिटर तल आइतबार मृत अवस्थामा फेला परेका छन् । नाम्दुखोलामा ढुङ्गा फुटाउन जान्छु भनी गएकोमा फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त स्थानमा लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

बैतडी, पाटन नगरपालिका ३ र ६ को सिमानास्थित सूर्नया नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।