७ जेठ, २०८१ सोमबार

08:25:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थ मन्त्रालय आर्थिक अपचलनमा लाग्यो एमाले अध्यक्ष : ओली (पूर्ण पाठ सहित)

९ माघ, २०७८

अर्थ मन्त्रालय आर्थिक अपचलनमा लाग्यो  एमाले अध्यक्ष : ओली (पूर्ण पाठ सहित)

काठमाण्डौ । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र अर्थमन्त्रालय पोलिसि सेटिङ मार्फत आर्थिक अपचलनमा लागेको आरोप लगाउनुभएको छ । आईतबार आठ पृष्ठ लामो वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार गठन भएपछि आर्थिक अवस्था नाजुक हुँदै गएको बताउनुभएको छ । अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा निहित स्वार्थ र राजनीतिक आस्थाका आधारमा व्यवहार गर्दै आर्थिक चलखेलमा सरकार संलग्न भएको उल्लेख गरिएको छ । वर्तमान सरकार गठन भएको ५ महिनाको अवधिमा चालु घाटा बढेको उल्लेख गरिएको छ । ओलीले जारी गरेको ८ पृष्ट लामो वक्तव्यमा विप्रेषण आप्रवाहमा गत वर्षको तुलनामा ६।८ प्रतिशतले कमी आएको भन्दै दस्तावेजमा कोभिङ( १९ को असरका बीचमा पनि गत वर्षको पहिलो पाँच महिनामा विप्रेषण आप्रवाह ११ प्रतिशत बढेको उल्लेख छ ।