६ जेठ, २०८१ आइतबार

10:37:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ करोड ३० लाख ४२ हजारको लागतमा चावहिल र मित्रर्पाकमा आकासे पुल बन्ने

Nepal Business

९ माघ, २०७८

१ करोड ३० लाख ४२ हजारको लागतमा चावहिल र मित्रर्पाकमा आकासे पुल बन्ने

काठमाण्डौं
काठमाडौँको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौँ महानगरपालिकाको भ्याटबाहेक १ करोड ३० लाख ४२ हजार ५ सय ७८ को लागतमा बन्न लागेको उक्त पुलको महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नु भएको छ ।

कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले आकाशे पुल निर्माणसँगै चावहिल र मित्रपार्क क्षेत्रमा हुने ट्राफिक जाममा कमी आउने बताउनुभयो । स्थानीय बासिन्दाको मागअनुसार नै पुल शिलान्यास गरेका हौँ, स्थानीयको साथ र सहयोग रहेमा तोकिएको समयभन्दा अगावै पुल निर्माण गरिसक्छौँ, उहाँले भन्नुभयो ।

चावहिल चोकको दक्षिणतर्फ बनाइएको पुलले ट्राफिक जाममा सहज बनाएकाले उत्तरतर्फको भागमा पनि पुल निर्माण गर्न लागिएको उहाँको भनाइ छ । यस्तै महानगरपालिकाकै लगानीमा जयवागेश्वरी क्षेत्रमा समेत पुल निर्माण भइरहेको छ । चावहिल र गौशाला क्षेत्रमा चार पुल बनाइए पनि सडक दुर्घटना र ट्राफिक जाममा कमी आउने नगरप्रमुख शाक्यले बताउनुभयो ।
सविरा कन्स्ट्रक्सनले निर्माण गर्न लागेको उक्त पुल विसं २०७९ जेठ मसान्तसम्म सम्पन्न गरिसक्नुपर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र दुई मिटर चौडाइको  हुनेछन् ।