४ जेठ, २०८१ शुक्रबार

12:44:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जाडोसँगै आगलागी पनि बढ्यो : सावधानी नअपनाउँदा अकालमा ज्यान जाँदै

९ माघ, २०७८

जाडोसँगै आगलागी पनि बढ्यो : सावधानी नअपनाउँदा अकालमा ज्यान जाँदै

८ माघ । जाडो बढेसँगै आगलागीका घटना पनि बढिरहेको छ । केही ठाउँमा आगोले पोलेर मानिसको समेत मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्युनिकराण् तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

दर्जन बढी जिल्लामा आगलागीका घटना दैनिक रुपमा हुने गरेको छ । वैशाख यता ५२ जनाले आगोमा परेर ज्यान गुमाइसकेका छन् ।

प्राधिकरणका अनुसार ठाउँठाउँमा घुर ताप्ने, घर भित्र आगोबालेर सुत्ने तथा लापरबाही गर्दा मानिसको ज्यान जाने गरेको छ । यही वर्ष पनि ४/५ जनाको आगोले पोलेर ज्यान गइसकेको जनाइएको छ । 

आवश्यक सावधानी नअपनाउँदै यस्ता घटना भइसकेको छ  । यही सात गते प्युठानमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर एक महिलाको मृत्यु समेत भयो । यस्तै घटनाधेरै जिल्लामा भएको छ ।

धनुषा, सुनसरी सप्तरीमा तीन् जना घाइते भए । दर्जन बढी जिल्लामा आगलागीका घटना दैनिक रुपमा हुने गरेको छ । वैशाख यता ५२ जनाले आगोमा परेर ज्यान गुमाइसकेका छन् ।

महोत्तरीमा आगलगीबाट ३५ लाखको क्षति

महोत्तरीको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गएराति  आगलगी हुँदा रु ३५ लाख बराबर क्षति भएको छ ।

घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जासहित त्यहाँ रहेका सबै सामान जलेर क्षति भएको 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा गएराति अचानक आगलगी हुँदा घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जासहित त्यहाँ रहेका सबै सामान जलेर क्षति भएको हो । 

गौशाला नगरपालिकाको दमकलसहितको सहयोगमा प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए । आगलगीबाट मानवीय तथा पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ ।