४ जेठ, २०८१ शुक्रबार

07:52:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पश्चिमी न्यून चापीय प्रणाली भित्रियो, अझै दुई दिन मौसम खराब

Nepal Business

८ माघ, २०७८

पश्चिमी न्यून चापीय प्रणाली भित्रियो, अझै दुई दिन मौसम खराब

८ माघ । आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतवार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने 

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतवार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ ।

उक्त प्रणालीको प्रभावले देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । 

विभागले चेतावनी तथा परामर्श जारी गदै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश नं एकका एक– दुई स्थानमा हल्का वर्षाको संभावना रहेको जनाएको छ । 

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । रासस