६ जेठ, २०८१ आइतबार

01:44:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पैसा छ ? बहुतल्ले मेकानिकल पार्किङमा लगानी गर्नुस

Nepal Business

८ माघ, २०७८

पैसा छ ? बहुतल्ले मेकानिकल पार्किङमा लगानी गर्नुस

काठमाण्डौ । 
काठमाण्डौको लगायतका विभिन्न तिव्र विकास भईरहेका सहरी क्षेत्रमा अहिले सबैभन्दा ठूलो समस्या सवारी साधान पार्किङ बनेको छ । यसैकुरालाई ध्यानमा राख्दै नगर विकास कोषले  काठमाण्डौंमा बहुतल्ले मेकानिकल पार्किङमा लगानी गर्न प्रस्ताव आव्हान गरेको छ । उपत्यकामा हुने अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न  यो योजना ल्याइएको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । 

आठ आना भन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्ने छ । आयोजना निर्माण गर्न इच्छुक स्थानीयतह, सरकारी तथा गैरसरकारी संस्थाहरुले १५ दिन भित्र आवश्यक कागजात सहित विकास कोषको कार्यलयमा पेश गर्नु पर्ने 

उक्त परियोजनामा लगानी गर्नका लागि काठमाडौं महानगरपालिका भित्र कम्तीमा आठ आना भन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्ने छ । आयोजना निर्माण गर्न इच्छुक स्थानीयतह, सरकारी तथा गैरसरकारी संस्थाहरुले १५ दिन भित्र आवश्यक कागजात सहित विकास कोषको कार्यलयमा पेश गर्नु पर्ने बताइएको  छ । काठमाडौंका  थापालथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खु, लगायतका मुख्य व्यावसायिक सडक नजिक वा दोहोर प्रवेशमार्ग भएको भित्रि जग्गाहरुमा पार्किङस्थल निर्माण गर्न सकिने कोषले जनाएको छ ।
प्रस्ताव पेश गर्नका लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघ संस्थाको नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ ।
कोषले विभिन्न नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना सञ्चालन गर्दै आएको छ ।