२२ बैशाख, २०८१ शनिबार

06:13:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुरुभयो उपत्यकाको यातायातमा जोरविजोर प्रणाली, चोकचोकमा प्रहरी परिचालन, कुन गाडीमा लागू हुँदैन ?

८ माघ, २०७८

शुरुभयो उपत्यकाको यातायातमा जोरविजोर प्रणाली, चोकचोकमा प्रहरी परिचालन, कुन गाडीमा लागू हुँदैन ?

८ माघ । कठमाडौँ उपत्यकाको तीन वटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)  को  आदेशानुसार शनिबार विहानैबाट यातायातका साधानमा जोरविजोर प्रणाली लागू गरिएको छ ।

सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधान सञ्चालन गर्न पाइने छ 

गएराती १२ बजेदेखि नै आदेश लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न उपत्यकामा यातायातमा उक्त प्रणाली लागू गरिएको हो ।

विहान १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधान सञ्चालन हुन थालेको छ । आदेश कार्यान्वयनका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यी सवारीमा लागू हुँदैन जोर विजोर 

केही सवारीमा भने उक्त जोरविजोर प्रणाली लागू हुने छैन । अत्यावश्यक सेवामा प्रयोग हुने  सवारी साधानका साथै केही तोकिएकामा लागू नहुने प्रशासनले स्पष्ट पारेको छ । 

  • औषधी एबं स्वास्थ्य सामग्री बोकेका सवारी साधनका साथै एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका गाडी,
  • खाद्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपंक्षि, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने
  • निर्माण सामग्री बोक्ने सवारी साधन (चालक सहचालक मात्र)
  • परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दुरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी
  • सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका गाडी
  • सरकारी र कुटनीतिक नियोगका सवारी साधन

जसअनुसार औषधी एबं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका सवारी, खाद्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपंक्षि, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधानमा जोरविजोर लागू हुने छैन । 

निर्माण सामग्री बोक्ने सवारी साधन (चालक सहचालक मात्र), परिचयपत्रको आधारमा बंैक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दुरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू हुँदैन ।
 
यस्तै सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कुटनीतिक नियोगका सवारी साधनमा पनि लागू नुहेन जनाइएको छ । 
 
आदेशमा यस्ता छन् अन्य थप कुरा 

प्रशासनले सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्न पनि आदेश दिएको छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध गर्न आदेशमा भनिएको छ ।