१५ बैशाख, २०८१ शनिबार

06:14:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी होः अध्यक्ष प्रचण्ड

Nepal Business

१ असोज, २०७९

प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी होः अध्यक्ष प्रचण्ड

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी भएको बताउनुभएको छ ।

प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइदैन भनेर संविधानमा नै व्यवस्था गरेको भन्दै प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी भएको बताउनुभएको हो ।

शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै प्रचण्डले यसअघि प्रतिनिधिसभा विघटनपछिको निर्वाचन र अहिलेको निर्वाचन फरक भएको जिकिर गर्नुभयो । प्रचण्डले निर्वाचन घोषणा गर्ने व्यवस्थालाई प्रतिगमन नभनेको र प्रतिनिधिसभा विघटन गरेको कामलाई मात्रै प्रतिगमन भनेको धारणा राख्नुभयो ।

उहाँले पार्टीको बिवादलाई लिएर संसद नै विघटन गर्ने अधिकार केपी ओलीलाई कसले दियो भन्दै प्रश्न गर्नुभयो । प्रचण्डले अहिलको सदन जसरी अघि बढ्नु पथ्र्यो, त्यस्तो हुन नसकेको बताउनुभयो । 

जनताले सडकबाट आवाज उठाएर सदन पुनर्जिवित गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।