१८ मंसिर, २०८१ मंगलबार
11:15:21 PM
१ असोज, २०७९
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जाने कुरा कहिल्यै प्रतिगमन नहुने बताउनुभएको छ ।
शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस अघि प्रतिनिधिसभा बिघटन गरेर निर्वाचनमा जाँदा प्रतिगमन भएको भन्नु गलत भएको भन्दै निर्वाचनमा जाने कुरा कहिल्यै प्रतिगमन नहुने बताउनुभएको हो ।
आफ्नो सरकारले गत वर्ष वैशाख १७ र २७ गते चुनाव घोषणा गर्नु प्रतिगमन नभएको उहाँको भनाई छ । उहाँले आगामी निर्वाचनमा निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताउनुभयो ।
शनिबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उहाँले निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने बताउनुभयो ।
निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर चल्न नहुने उहाँको भनाई छ । उहाँले संविधान कार्यान्वयनका लागि कानून निर्माण गर्ने काम संसदले गरेकाले समग्रतामा संसदको यो कार्यकाल सफल रहेको जिकिर गर्नुभयो ।