१४ बैशाख, २०८१ शुक्रबार

12:25:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वर्तमान सरकार, सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको छः प्रधानमन्त्री

Nepal Business

१ असोज, २०७९

वर्तमान सरकार, सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको छः प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान सरकार र सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको बताउनुभएको छ ।

शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहनुभएका देउवाले वर्तमान गठबन्धन सरकार गठनसँगै परराष्ट्र सम्बन्धमा सुधार आएको उल्लेख गर्दैसरकार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

उहाँले प्रतिपक्षी दलको नेताले अहिलेको सरकारलाई परमादेशको सरकार भन्ने गरेको भन्दै संसद नै परमादेशबाट आएको र जसका कारण प्रतिपक्षी र सत्तापक्ष संगै काम गर्न पाइरहेको तर्क गनुृभयो।

देउवाले वर्तमान संसदको कार्यकालमा महत्वपूर्ण उपलब्धी हासिल भएको दावी पनि गर्नुभयो ।

प्रधानमन्त्री देउवाले देशभर आएको बाढी पहिरामा भएको क्षतिको लेखाजोखाका साथै त्यसमा पीडितको तत्काल उद्धार गरिएको, घाइतेको उपचार, घरबारविहीन तथा मृतक परिवारलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको जानकारी गराउनुभयो ।