६ जेठ, २०८१ आइतबार

10:49:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मध्यमस्र्याङ्दीमा बिजुली उत्पादन घट्यो

Nepal Business

७ माघ, २०७८

मध्यमस्र्याङ्दीमा बिजुली उत्पादन घट्यो

लमजुङ
लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ । हिउँ नपग्लिएका कारण मस्र्याङ्दी नदीमा पानीको बहाव कमहुदै गएकोले विद्युत् उत्पादन कम हुँदै जान थालेको हो । 

हालसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, पुस लागेसँगै आयोजनाको विद्युत् घट्दै हाल ३८ देखि ४० मेगावाटसम्म बिजुली उत्पादन हुने गरेको छ । चैत अन्तिमसम्म उत्पादन घट्दै जान्छ, वैशाख लागेपछि मात्र उत्पादन बढ्ने गर्दछ ।


हालसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, पुस लागेसँगै आयोजनाको विद्युत् घट्दै हाल ३८ देखि ४० मेगावाटसम्म बिजुली उत्पादन हुने गरेको छ ।

बेंसीशहर  नगरपालिका–१ दलालस्थित जिल्लाकै पहिलो तथा ठूलो ७० मेगावाट क्षमताको उक्त आयोजनामा विगतका वर्षमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो । सन् २००० मा निर्माण सुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन गरिएको हो । कूल २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो । 

जिल्लाका अन्य जलविद्युत् आयोजनामा पानीको बहाव कम हुँदा विद्युत् उत्पादन घट्न थालेको छ । ५ मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, ३ मेगावाटको मिदिम करापु र २ मेगावाटको छ्याङ्दीलगायत  आयोजनामा बिजुली उत्पादन कम हुदै गएको छ । 
मस्र्याङ्दी गाउँपालिका–६ र ७ स्थित ५० मेवागाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा भने गत असारमा गएको बाढी पहिरोले बाँधस्थलमा क्षति पु¥याएपछि विद्युत् उत्पादन बन्द भएको छ   । आयोजनाका दुईवटै टर्वाइन फेर्ने, अन्य संरचना निर्माणलगायत कार्य जारी रहेको आयोजनाले जनाएको छ । रासस