१२ बैशाख, २०८१ बुधबार

11:13:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आजबाट चाडबाडकेन्द्रित सहुलियत पसल, ५० रुपैयाँसम्म छुट पाइने, चिनी र घ्यू पाइएला त ?

Nepal Business

१ असोज, २०७९

विभिन्न ब्रान्डका चामल, दाल, चिउरा, नुन, तेल, आँटा र गेडागुडीमा छुट भए पनि चिनी बिक्री नहुने कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले बताउनुभयो ।

आजबाट चाडबाडकेन्द्रित सहुलियत पसल, ५० रुपैयाँसम्म छुट पाइने, चिनी र घ्यू पाइएला त ?

काठमाडौँ— 
दसैं–तिहार र छठमा अधिकतम खपत हुने वस्तुमा आज शनिबारदेखि शुरु हुँदै छ । त्यसमा अत्यावश्यक सामग्री प्राप्त हुन्छ । 

चाडबाडमा सहुलियत दरमा चिनी मुख्यत साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्छन् । तर चिनी  र घ्यू नभएको बताइएको छ । सरकारले बढीमा ५० रुपैयाँसम्म छुट दिने योजना बनाएको छ । 

चाडबाडमा सहुलियत दरमा चिनी मुख्यत साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्छन् । तर चिनी  र घ्यू नभएको बताइएको छ । सरकारले बढीमा ५० रुपैयाँसम्म छुट दिने योजना बनाएको छ । 

सहुलियत चिनी आयात गर्न आपूर्ति मन्त्रालयले जेठ २४ मा अर्थमा पत्र पठाएको थियो । पत्रमा साल्टका लागि ४० हजार टन र खाद्य कम्पनीका लागि १० हजार टन आयात सहमति मागिएको थियो । तर, अर्थले सहमति दिएन, जसकारण साल्ट र खाद्यका गोदाम रित्तै भएका हुन् ।

चिनीबाहेक अन्य खाद्यान्नमा प्रतिकिलो लिटर १० रुपैयाँसम्म छुट दिइएको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेश झाले बताउनुभयो । साल्टले ४२ कार्यालयमा रहेका आउटलेटबाट छुट दिने  छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि ४१ जिल्लामा रहेका बिक्री केन्द्र आउटलेटबाट छुट दिने निर्णय गरेको छ । 

विभिन्न ब्रान्डका चामल, दाल, चिउरा, नुन, तेल, आँटा र गेडागुडीमा छुट भए पनि चिनी बिक्री नहुने कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले बताउनुभयो ।