१६ चैत, २०८० शुक्रबार

02:22:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज रातीदेखि सकिँदैछ प्रतिनिधिसभाको आयु, महाअभियोग प्रस्ताव थाती

Nepal Business

१ असोज, २०७९

दिनभरमा जबराले जम्मा ६५ पृष्ठमा हस्ताक्षर गरेका छन् ।

आज रातीदेखि सकिँदैछ प्रतिनिधिसभाको आयु, महाअभियोग प्रस्ताव थाती

काठमाडौं, 
आजको मध्यरातबाट प्रतिनिधिसभाको कार्यकाल सकिँदै छ । 

यो प्रतिनिभिसभाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध दर्ता भएको महाभियोग टुंगो नलगाउने निश्चित भएको छ । 

सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन १ असोजको मध्यरातबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । 

प्रतिनिधिसभाको कार्यकाल सकिएको औपचारिक घोषणा नभए पनि यो संसदको अर्को बैठक बस्ने छैन । शनिबार आज बस्ने बैठक नै अन्तिम हुनेछ । त्यसको एक दिन मात्र बाँकी रहँदा महाअभियोग सिफारिस समितिले भने जबराको एकसरो मात्र बयान सकेको छ ।

शुक्रबार जबरालाई पूरक प्रश्न सोध्न बोलाइएको थियो । तर जबरा र सिफारिस समितिमा रहेका एमाले सांसदहरु त्यसका लागि तयार भएनन् ।

जबराले आफ्नो बयानको १७४ पृष्ठ लामो लिखत अध्ययन गरेर मात्र हस्ताक्षर गर्ने अडान लिए भने एमाले सांसदहरुले जबराले हस्ताक्षर गरेको बयान हातमा नपरेसम्म पूरक प्रश्न सोध्न नमिल्ने बताएको छ । 

जबराले आफ्नो बयानको १७४ पृष्ठ लामो लिखत अध्ययन गरेर मात्र हस्ताक्षर गर्ने अडान लिए भने एमाले सांसदहरुले जबराले हस्ताक्षर गरेको बयान हातमा नपरेसम्म पूरक प्रश्न सोध्न नमिल्ने बताएको छ । 

त्यसपछि सुरु भयो, संसद सचिवालयका कर्मचारीले तयार पारेको बयानको लिखत वाचन गर्ने र जबराले हस्ताक्षर गर्ने क्रम । दिनभरमा जबराले जम्मा ६५ पृष्ठमा हस्ताक्षर गरेका छन् ।