१५ चैत, २०८० बिहिबार

05:42:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५० करोडको लगानीमा इलाममा सडक र बसपार्क बन्ने

Nepal Business

३१ भदौ, २०७९

उहाँका अनुसार बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै व्यवस्थित बसोबास र विकास निर्माणलाई ध्यानमा राखेर काम अगाडि बढाइएको हो ।

५० करोडको लगानीमा इलाममा सडक र बसपार्क बन्ने

इलाम,

इलामको सूर्योदय नगरपालिकामा रु ५० करोडको लगानीमा सडक र बसपार्क निर्माण हुने भएको छ ।

एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाको रु ५० करोड लगानीमा सडक र बसपार्क निर्माण हुने भएको हो । 

एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाको रु ५० करोड लगानीमा सडक र बसपार्क निर्माण हुने भएको हो । 

बहुवर्षीय आयोजनाका रूपमा सञ्चालन गरिएका सडकअन्तर्गत अन्तुदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बिसे, मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोडअन्तर्गत छिपिटार शान्तिगोलाई गरेर जम्मा २१ किलोमिटर सडक कालोपत्रे हुने सघन सहरी तथा भवन निर्माण विभागका उपमहानिर्देशक नारायण भण्डारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै व्यवस्थित बसोबास र विकास निर्माणलाई ध्यानमा राखेर काम अगाडि बढाइएको हो । 

एकीकृत विकासअन्तर्गत सूर्योदय नगरपालिकाका विभिन्न वडामा सडक कालोपत्रे गर्न तथा पशुपतिनगरमा बसपार्क निर्माण गरिने नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत पशुपतिनगरमा छ रोपनी जमिनमा रु तीन करोड ७७ लाखको लागतमा बसपार्क निर्माण हुनेछ ।

नगरप्रमुख राईका अनुसार सडक र बसपार्कको बोलपत्र आह्वान भइसकेको छ । उहाँले चाँडै सम्झौता भएर काम सुरु हुने बताउनुभयो । 

विभागका उपमहानिर्देशक भण्डारीले कार्यालयले देशका ५० नगरपालिकामा रु ५० करोड र रु २० करोडका दरका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । नगरभित्रसहित १० योजना विभागबाट सञ्चालन हुने बताइएको छ । 

नगरपालिकाको अन्तु पोखरी, जोरपोखरी र कन्यामको सौन्दर्य अभिवृद्धि आयोजनाअन्तर्गत गरिने छ । 

यी आयोजनाको बिहीबार सहरी विकासमन्त्री मेटमणि चौधरी र पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरिसक्नुभएको छ ।