१८ माघ, २०८१ शुक्रबार
12:54:41 PM
३१ भदौ, २०७९
काठमाण्डौं । अख्तियार दुरपयोग अनुसन्धान आयोगले पर्साका तत्कालिन शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको छ ।
ने.रा. कन्या प्रा.वि, भेडिहरवा, पर्साका तत्कालिन शिक्षक उर्मिलादेवी उपर शैक्षिक योग्यताको झुटा प्रमाणपत्र प्रयोग गरी सरकारी लाभ लिएको आरोपमा विशेष अदालत काठमाण्डौंमा भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेको हो ।
उनले नक्कली प्रमाण पत्रका आधारमा शिक्षक पदमा करार नियुक्ति भई सरकारी लाभ लिएको पाइएको विज्ञप्तीमा उल्लेख छ । उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुनेछ ।