११ बैशाख, २०८१ मंगलबार

07:18:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वका दोस्रो धनी व्यक्ति बने अडानी

Nepal Business

३१ भदौ, २०७९

विश्वका दोस्रो धनी व्यक्ति बने अडानी

काठमाण्डौं । भारतीय व्यवसायी गौतम अडानी संसारकै दोस्रो धनी व्यक्ति बन्नुभएको छ । फोर्ब्सका अनुसार अडानीले अमेजोनका मालिक जेफ बेजोस र लुइस भिटनका मालिक बर्नाड अर्नल्टलाई पछि पार्दै दोस्रो व्यक्ति बन्नभएको छ । हाल उहाँको सम्पत्ति १५४.७ बिलियन अमेरिकी डलर रहेको छ ।

गत महिना अडानीले विश्वभरको धनीहरुको सूचीमा तेस्रो स्थान हुनुहुन्थ्यो । अडानीको सम्पत्ति पछिल्लो समय २.८५ प्रतिशले बढेको छ । विश्वका सबैभन्दा धनी व्यक्तिमा भने मस्क नै हुनुहुन्छ । उहाँको कुल सम्पत्ति २७३.५ बिलियन अमेरिकी डलर रहेको छ ।

 अडानी ग्रुपको पहिलो पुस्ताका व्यवसायी रहेका गौतम अडानीले पूर्वाधार, उत्खन्न, उर्जालगायतका विभिन्न क्षेत्रमा लगानी गरेका छन् । पछिल्लो पाँच वर्षमा अडानी ग्रुपले एयरपोर्ट, सिमेन्ट, डाटा सेन्टर, ग्रिन हाइड्रोजन, पेट्रो केमिकल रिफाइनिङ, सडक तथा सोलर ब्याट्री उत्पादन लगायतका क्षेत्रमा अर्बौं लगानी गरेको छ ।

हाल अडानीले टेलिकम क्षेत्रमा प्रवेश गर्ने पनि योजना बनाइरहेको जनाइएको छ । अडानी ग्रुपले हाल ७० बिलियन बराबरको रकम हरित उर्जा पूर्वाधारको क्षेत्रमा लगनी गर्ने घोषणा पनि गरेको छ ।