१८ माघ, २०८१ शुक्रबार
12:37:27 PM
३० भदौ, २०७९
काठमाण्डौं । वकिल, चार्टर्ड एकाउन्टेन्टलगायत पेशागत लाइसेन्स नवीकरण गर्दा अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने छ ।
बिहीबार आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै स्थायी लेखा नम्बर तथा कर चुक्ताको प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरेको जानकारी दिएको हो ।
सूचनामा लेदिएको छ, ‘पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था रहेकोमा आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यको बुँदा नम्बर ३९१ ले गरेकाले व्यवस्था अनिवार्य रुपमा लागू गराउन सम्बन्धित निकाय तथा पेशागत व्यवसायले प्रमाणपत्र पेस गर्नुपर्नेछ ।’