१८ माघ, २०८१ शुक्रबार
12:50:05 PM
३० भदौ, २०७९
काठमाडौं । चीन तर्फका तातोपानी र रसुवागढी नाका संचालनमा आएका छन् । डेढ महिनादेखि बन्द रहेका उक्त नाका बिहीबारदेखि संचालनमा आएका हुन् ।
बिहीबार बिहान रसुवागढी नाका भएर सात वटा कन्टेनर र तातोपानी नाका भएर दुई वटा कन्टेनर नेपाल भित्रीएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
बिहीबार नेपाल भित्रिएको कन्टेनरमा एउटामा कच्चा उन र अर्कोमा जलविद्युत् पूर्वाधारका सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ ।