१८ माघ, २०८१ शुक्रबार
12:37:24 PM
३० भदौ, २०७९
काठमाण्डौं । सडक व्यापारीहरूले विरोध प्रदर्शन गरेका छन् । बिहीबार सडकपेटी र गल्लीहरूमा व्यापार गर्न नदिएको भन्दै व्यापारीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
काठमाण्डौं महानगरपालिका कार्यालयअगाडि नेपाल स्वरोजगार व्यापार श्रमिक संघको नेतृत्वमा व्यापारीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
महानगरपालिकाभित्र रहेका सडकपेटी र गल्लीहरुमा व्यापार गरेर जीविकोपार्जन गर्ने निम्न वर्गीय स्वरोजगार श्रमिकको सामान कब्जा र गिरफ्तार गर्ने लगायतका कारबाही गरेको भन्दै व्यापारीहरूलेमहानगर कार्यालय अगाडि धर्ना दिएका हुन् ।
उनीहरुले महानगरलाई श्रमिकलाई बेरोजगार बनाउने काम गरेको आरोप लगाएका छन् ।