१८ माघ, २०८१ शुक्रबार

12:44:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

औद्योगिक गणनाको नतिजा सार्वजनिक, कुन प्रदेशमा कति उद्योग ?

३० भदौ, २०७९

औद्योगिक गणनाको नतिजा सार्वजनिक, कुन प्रदेशमा कति उद्योग ?

काठमाडौं । राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले विराटनगरमा प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको हो ।

नतिजा सार्वजनिक गर्दै विभागका निर्देशक विनोदशरण आचार्यले देशभर ६० हजार एक सय ८५ औद्योगिक प्रतिष्ठान रहेको जानकारी दिनुभयो । प्रदेश १ मा १२ हजार दुई सय २५ उद्योग प्रतिष्ठान रहेको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा १८ हजार तीन सय ३३, लुम्बिनी प्रदेशमा १० हजार ५ सय ८, मधेस प्रदेशमा ७ हजार २ सय ७९, गण्डकी प्रदेशमा ६ हजार ८ सय १८, सुदूरपश्चिममा ३ हजार ३ सय ८७ र कर्णाली प्रदेशमा १ हजार ६ सय ३५ वटा उद्योग प्रतिष्ठान छन् ।

देशभरका उद्योग प्रतिष्ठानले ३ लाख ८१ हजार छ सय ८७ जनालाई प्रत्यक्ष रोजगारी दिएको सर्वेक्षणले देखाएको छ । यी उद्योग प्रतिष्ठानले वार्षिकरूपमा रु १ खर्ब ७ अर्ब ८९ करोड २६ लाख ३३ हजार तलब भत्ताबापत भुक्तानी गरिरहेको सर्वेक्षणले देखाएको छ ।

औद्योगिक सर्भेक्षण २०७६ सालमा सुरु गरिए पनि कोरोना महामारीका कारण २०७८ मा मात्रै सम्पन्न भएको निर्देशक आचार्यले जानकारी दिए ।