६ जेठ, २०८१ आइतबार

12:05:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मानवसेवा आश्रम’को डिपीआर तयार, अब निर्माण चरणमा उक्लियो

६ माघ, २०७८

मानवसेवा आश्रम’को डिपीआर तयार, अब निर्माण चरणमा उक्लियो

६ माघ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा निर्माण हुन लागेको ‘सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम’ को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको छ ।

अब तत्कालै बोलपत्र आह्वान गरी निर्माण कार्यसमेत सुरु गरिने नागार्जुन नगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरपालिकाको शहरी योजना आयोगले डिपीआर तयार गरेको हो । 

आज काठमाडौँमा एक समारोहबीच काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभयो । अब तत्कालै बोलपत्र आह्वान गरी निर्माण कार्यसमेत सुरु गरिने नागार्जुन नगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरपालिकाको शहरी योजना आयोगले डिपीआर तयार गरेको हो । 

नागर्जुन–६ स्थित सेतो गुम्बा नजिकै निर्माण हुन लागेको आश्रमको भवनको रु ११ करोड लागत काठमाडौँ महानगरपालिकाले बेहोर्ने गरी गएको असोज मै त्रिपक्षीय सम्झौता भएको थियो । यहाँ झण्डै २०० सहयोगापेक्षी राख्न मिल्ने आश्रम निर्माण हुन लागेको जनाइएको छ ।

सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य, नागार्जुन नगरपालिकाका प्रमुख बस्नेत र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको थियो । सहयोगापेक्षी सडक मानवुक्त काठमाडौँ बनाउने उद्देश्यस्वरूप जिल्लाका सडकमा अलपत्र अवस्थामा रहेका बेसहारा, असहाय तथा मनोरोगीको उद्धार गरी उक्त आश्रममा लगेर राखिने छ । 

त्यसको व्यवस्थापन भने मानवसेवा आश्रमले गर्नेछ । उक्त समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले उक्त कार्य हामी सबैको साझा भएकाले मिलेर काठमाडौँलाई बेसहारा सडक मानव मुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । 

नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले सहिदको नाममा बेसहारा राख्ने पवित्र संस्था आफ्नै नगरपालिकामा स्थापना हुन लागेकामा खुसी व्यक्त गर्दै संविधानको व्यवस्था कार्यान्वयनतर्फ गएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले आश्रमका कारण अहिले सडकमा सहयोगापेक्षीहरु निक्कै कम देखिँदै आएको बताउनुभयो । आश्रमका अध्यक्ष अधिकारीले सुरुआती कालदेखि नै काठमाडौँ महानगर र नागार्जुन नगरपालिकाले आश्रममा अभिभावकीय दायित्व निर्वाह गर्दै आएकोमा काम गर्ने प्रेरणा मिलेको बताउनुभयो ।  रासस