१८ माघ, २०८१ शुक्रबार

12:52:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो

२९ भदौ, २०७९

बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो

काठमाडौं । राष्ट्रियसभाले बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।

आज (बुधबार) बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

बैठकमा पेश भएको उक्त दुईवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गर्नुभयो ।