१८ माघ, २०८१ शुक्रबार
12:40:52 PM
२९ भदौ, २०७९
काठमाण्डौं । प्र्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब अमेरिकी डलर आवश्यक रहेको भन्दै २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नती गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको पनि बताउनुभएको छ ।
बुधबार काठमाण्डौंमा लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारले लगानीको वाताबरण तयार समेत गरिसकेकाले नेपालमा लगानी गरी फाइदा लिन उहाले आग्रह गर्नुभयो ।
यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सातै प्रदेशमा ७ नमुना परियोजनामा लगानी ल्याउने गरि लगानी बोर्डले काम गरिरहेको जानकारी दिनुभयो ।