१८ माघ, २०८१ शुक्रबार
12:50:37 PM
२९ भदौ, २०७९
काठमाण्डौं । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानी योग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका सार्वजनिक गरिएको छ ।
सो परियोजना बुधबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले सार्वजनिक गर्नुभएको हो ।
लगानी बोर्डद्वारा आयोजित Sustainable Infrastructure Investment Forum (SIIF, 2022) समुद्घाटनका क्रममा प्रधानमन्त्रीले लगानीकर्ता सहजिकरणका लागि तयार पारिएको One Stop Service (OSS) Digital System को पनि शुभारम्भ गर्नुभयो ।
उक्त डिजिटल प्लेटफर्ममार्फत् लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजिकरणसँग सम्बन्धित सबै निकायहरू आवद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।
यस्तै सो कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको'Establishing a Fertilizer Plant in Nepal' अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभयो । उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मल कारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।
लगानी बोर्डले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्क भूमिका निर्वाह गरेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउदै यस उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आह्वान गर्नुभयो ।
लगानी बोर्डको कार्यालयको लगानी प्रवद्र्धनको मुख्य उद्देश्यसहित स्वदेश र विदेशमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरू, रोड शो, परियोजना, लगानी सम्मेलन आयोजना गर्दै आएको छ ।