१८ माघ, २०८१ शुक्रबार

12:55:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भ्रष्टाचार आरोप लागेका उपत्यका खानेपानी लिमिटेड महाकांलचौरका सिनियर प्लम्बर विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

२९ भदौ, २०७९

भ्रष्टाचार आरोप लागेका उपत्यका खानेपानी लिमिटेड महाकांलचौरका सिनियर प्लम्बर विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा एक जना विरुद्ध मुद्दा दायर गरेको छ । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड महाकांलचौरमा सिनियर प्लम्बर पदमा कार्यरत गणेश बहादुर खुलालविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको हो । 

आयोगका अनुसार महांकालचौर शाखा कार्यालयमा कार्यरत प्लम्वर खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना आयोगमा आएको थियो । 

सोहि सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले खुलाललाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

गत साउन ३१ गते आयोगले नियन्त्रणमा लिएको खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग पाँच हजार घुस माग गरी लिएको पुष्टि भएको छ । उनलाई सोहि रकम बराबरको बिगा माग गरि भ्रष्टाचार सम्बन्धी मुद्दा आज बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको हो ।