२० बैशाख, २०८१ बिहिबार

03:34:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कालीकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन

Nepal Business

२८ भदौ, २०७९

जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, रास्कोट नगरपालिकामा स्याउ उत्पादन हुने गरेको छ । किसानले भदौ पहिलो साता नै बिक्री सुुरु भए र जिल्लाको तिलागुुफा नगरपालिका–१० का अगुवा किसान कृष्णबहादुर शाहीले बताउनुभयो ।

कालीकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन

कालिकोट,
यस वर्ष कालीकोटमा मनग्य स्याउ उत्पादन भएन । स्याउ उत्पादन गरेर राम्रो आम्दानी लिन थाले तर उत्पादन भने राम्रो भएन । 

चालु आर्थिक वर्षमा कालीकोटको एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैँचाले अहिले नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । 

चालु आर्थिक वर्षमा कालीकोटको एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैँचाले अहिले नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । 

नौ सय हेक्टर क्षेत्रफलमा किसानले सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ ।

जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, रास्कोट नगरपालिकामा स्याउ उत्पादन हुने गरेको छ । किसानले भदौ पहिलो साता नै बिक्री सुुरु भए र जिल्लाको तिलागुुफा नगरपालिका–१० का अगुवा किसान कृष्णबहादुर शाहीले बताउनुभयो ।

 “यहाँका अधिकांश किसानले स्याउको बगैँचा रहेको छ ।” उहाँले भन्नुभयो, “स्याउ सिजनमा प्रत्येक परिवारको रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी लिनुहुन्छ ।”

किसानलाई स्याउका बिरुवामा ७० प्रतिशत कृषि विकास कार्यालयको अनुदान र ३० प्रतिशत किसानको लगानीमा स्याउका बिरुवा वितरण गर्ने गरिरहेको कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालाराम देवकोटाले बताउनुभयो ।