१८ माघ, २०८१ शुक्रबार
12:31:40 PM
२८ भदौ, २०७९
पर्सा र बारा जिल्लाको बीचमा निर्माण गरिने उक्त चिडियाखाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटक आउने भएकाले त्यहाँको पर्यटन प्रवद्र्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवले बताउनुभयो ।
वीरगञ्ज,
पर्साको वीरजगञ्ज महानगरपालिका–३२ मा सदर चिडियाखाना निर्माण हुने भएको छ ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो ।
मन्त्री यादवले पेश गर्नुभएको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिडियाखाना निर्माणका लागि अनुमति दिएको हो ।
मन्त्री यादवले पेश गर्नुभएको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिडियाखाना निर्माणका लागि अनुमति दिएको हो ।
पर्सा र बारा जिल्लाको बीचमा निर्माण गरिने उक्त चिडियाखाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटक आउने भएकाले त्यहाँको पर्यटन प्रवद्र्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवले बताउनुभयो ।
उक्त चिडियाखाना रु एक अर्ब एक करोड सात लाखमा निर्माण गरिने मन्त्रालयले जनाएको छ । चिडियाखाना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन भई उक्त कार्यदल समितिले आफ्नो प्रतिवेदनसमेत पेश गरिसकेको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं ३२ को रामवनमा प्राकृतिक चिडियाखाना स्थापना गरिए यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भन्दै चिडियाखाना निर्माणका लागि उपयुक्त स्थान भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रस्तावित चिडियाखानाको क्षेत्रभित्र पर्ने ३.१ हेक्टर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएका सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरेर मात्र स्थापना गर्नुपर्ने, प्रस्तावित चिडियाखाना स्थापना गर्दा प्राकृतिक चिडियाखानाका साथै वन्यजन्तु उद्धार केन्द्र वन्यजन्तु प्रजनन केन्द्र निर्माण गरिनेछ ।