१८ माघ, २०८१ शुक्रबार

12:55:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रपति भण्डारीद्वारा पाँच विधेयक प्रमाणीकरण

२८ भदौ, २०७९

राष्ट्रपति भण्डारीद्वारा पाँच विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ।  राष्ट्रपतिको कार्यालयले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएका ती विधेयकहरू संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको जनाएको छ ।

राष्ट्रपति भण्डारीले तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल, ऐन २०२५लाई संशोधन गर्न बनेको विधेयक, प्रत्‍यायन सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्‍यक्तिको शपथ सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्‍वविद्यालयको सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।