१८ माघ, २०८१ शुक्रबार
12:44:57 PM
२८ भदौ, २०७९
काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरुलाई प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
महानगरले मंगलबार सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९ भित्र साधारणसभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो ।
सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न पनि सहकारीलाई महानगरले निर्देशन दिएको छ ।