१८ माघ, २०८१ शुक्रबार
12:54:33 PM
२८ भदौ, २०७९
काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रूपैया सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर अर्थात करिब ३५ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
त्यस्तै महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढिकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको कार्कीले जानकारी दिनुभयो ।