४ जेठ, २०८१ शुक्रबार

12:44:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सङ्कलन भयो छ महिनामा १० अर्ब राजस्व

Nepal Business

६ माघ, २०७८

सङ्कलन भयो छ महिनामा १० अर्ब राजस्व

काठमाण्डौं

आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा २ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको हो । 

विभागले तोकेको  ९ अर्ब ६५ करोड ५५ लाख १२ हजार लक्ष्यमा कार्यालयले १९ करोड २८ लाख ५५ हजार बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी हरि ढकालका अनुसार अन्तःशुल्कमा ७ अर्ब ४८ करोड ६२ लाख ७५ हजार, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ८ करोड ६ लाख ५० हजार, आयकरतर्फ ९० करोड ४ लाख ६२ हजार राजस्व सङ्कलन भएको छ ।

विभागले तोकेको  ९ अर्ब ६५ करोड ५५ लाख १२ हजार लक्ष्यमा कार्यालयले १९ करोड २८ लाख ५५ हजार बढी राजस्व सङ्कलन गरेको छ ।

त्यसैगरी ब्याज करमा  १५ करोड ९ लाख २६ हजार, वहाल करतर्फ ३ करोड २८ लाख ५ हजार, स्वास्थ्य सेवा करतर्फ  १९ लाख ३ हजार र शिक्षा सेवा शुल्कमा  २४ लाख ९१ हजार सङ्कलन भएको छ । 

ढकालका अनुसार विभागले चालू आर्थिक वर्षमा  २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य तोकेको थियो ।अघिल्लो आर्थिक वर्षको पुससम्म कार्यालयले ७ अर्ब ५१ करोड १६ लाख १९ हजार राजस्व सङ्कलन गरेको थियो । रासस