१८ माघ, २०८१ शुक्रबार

12:29:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थतन्त्रमा देखिको समस्याबाट बाहिर आउन केही महिना लाग्छः शेखर गोल्छा

२७ भदौ, २०७९

 अर्थतन्त्रमा देखिको समस्याबाट बाहिर आउन केही महिना लाग्छः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ ।  महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।

गोल्छाले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको बताउँदै अहिलेको अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने बताउनुभयो । उहाँले उद्योग व्यवसायहरु फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताउनुभयो ।

उहाँले अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा पर्ने बताउनुभयो । अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो बिस्तार हुन नसकेको बताउनुभयो । उहाँले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताउनुभयो । नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको उहाँले बताउनुभयो ।