१८ माघ, २०८१ शुक्रबार
12:26:35 PM
२७ भदौ, २०७९
काठमाण्डौं । आनतरिक राजस्व कार्यालय महाराजगंजमा कार्यरत अधिकृत विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रधानले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज सोमबार उनी विरुद्ध अधिकृत विन्दु श्रेष्ठ प्रधान विरुद्ध विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले उनलाई गत साउन १८ गते सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो
विज्ञप्ति अनुसार अनुसन्धानको सिलसिलामा प्रधानले कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको जनाएको छ ।