१८ माघ, २०८१ शुक्रबार
12:41:58 PM
२७ भदौ, २०७९
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा दक्षिण कोरिया पुग्नुभएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै शर्मा दक्षिण कोरिया पुग्नुभएको हो । उहाँ सचिव कृष्णहरि पुष्कर र वैदेशिक आर्थिक समन्वय र सहकार्य शाखाका सहसचिव ईश्वरी प्रसाद अर्यालका साथमा कोरिया पुग्नुभएको हो ।
दक्षिण कोरियाको ४ दिने भ्रमण पश्चात अर्थमन्त्री शर्मा १६ सेप्टेम्बरमा नेपाल फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
कोरियामा रहँदा शर्मा नेपाल जनप्रगतिशील मन्च दक्षिण कोरियाले आयोजना गर्न लागेको 'आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका' कार्यक्रममा सहभागी हुनुहुने उहाँको सचिवालयले जनाएको छ ।