१६ चैत, २०८० शुक्रबार

09:41:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१२ वटा निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

Nepal Business

२७ भदौ, २०७९

१२ वटा निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

काठमाण्डौं । समयमा निर्माण कार्य सम्पन्न नगर्ने १२ वटा निर्माण व्यवसायी कम्पनी कालोसूचीमा परेका छन् । 

सोमबार सार्वजानिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै सार्वजनिक निकायले पटकपटक ताकेता गर्दा पनि समयमा निर्माण कार्य सम्पन्न नगर्ने १२ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । 

कालोसूचीमा रहेका कम्पनीहरुमा देवेन्द्र तेल उद्योग, धर्यता निर्माण कम्पनी, किसान–रक्ताकाली पावर क्वालिटी जेभी, हर्कदेवी बिल्डर्स र प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी रहेका छन् ।

यसैगरी पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्नु कन्स्ट्रक्सन एन्ड सप्लायर्स, रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, लामा बिल्डर्स कम्पनी, च्याङला कन्स्ट्रक्सन र सुन्दरी निर्माण सेवा रहेका छन्। यी कम्पनीले सडक, सहरी विकासको भवन, दुग्ध संस्थानलगायतको काम समयमा नगरेका कारण कालोसूचीमा राखिएको हो ।

कार्यालयले एक वर्षदेखि एक वर्ष ६ महिनाको समयका लागि यो कम्पनीलाई कालोसूचीमा राखेको हो। यी कम्पनी डेढ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।
अनुगमनका अनुसार कालोसूचीमा परेको कम्पनीले सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैन ।