८ बैशाख, २०८१ शनिबार

11:39:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको भदौमा मात्र पर्यटन क्षेत्रमा १ अर्ब रुपैयाँ भन्दाबढिको लगानी प्रस्ताव

Nepal Business

२७ भदौ, २०७९

चालु आर्थिक वर्षको भदौमा मात्र पर्यटन क्षेत्रमा १ अर्ब रुपैयाँ भन्दाबढिको लगानी प्रस्ताव

काठमाण्डौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा पर्यटन क्षेत्रमा लगानीको प्रस्ताव आएको छ । यस एक महिनामा मात्र १ अर्ब रुपैयाँ भन्दाबढि लगानी प्रस्ताव आएको छ ।

उद्योग विभागका अनुसार भदौ महिनाको २६ गतेसम्म पर्यटन क्षेत्रका सात उद्योगका लागि १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ लगानी प्रस्ताव आएको हो । यस अवधिमा काठमाण्डौंमा जिन मेटल होटलका लागि ५ अर्ब ५० करोड रुपौयँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । 

यस्तै कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्टमा ग्रिन ज्याकपट इन्टरटेन्मेन्ट प्रालिका लागि २० करोड रुपैयाँ, गोर्खामा मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रालिका लागि ३७ करोड रुपैयाँ, सुनसरीमा ग्राण्ड सेन्ट्रल होटल प्रालिका लागि ६० करोड, काठमाण्डौंमा पशुपति रेक्रिएशन प्रालिका लागि १७ करोड रुपैयाँ, कास्कीको हेरिटेज होटल एण्ड स्विट्स स्पा माभेन्टेन इन्टरटेनमेन्टका लागि २० करोड रुपैयाँ र झापामा किङसवरी इन्टरटेनमेन्टका लागि २५ करोड रुपैयाँ लागनी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ । 

विभागका अनुसार दर्ता भएका उक्त उद्योगहरुबाट ४६५ जनाले रोजगारी पाउने भउका छन् ।